ओलीको आरोपः गठबन्धन सरकार देश र जनताका लागि घातक

माण्डवी न्युज
माण्डवी न्युज २७ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन देशका लागि कुनै पनि हिसाबले हितकर नरहेको बताएका छन्।

नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनमा बोल्दै अध्यक्ष ओलीले राजनीतिक, धार्मिक र सामाजिक, साँस्कृतिक हिसाबले पनि वर्तमान गठबन्धन सरकार देश र जनताका लागि घातक रहेको आरोप लगाए।

सोमबार जनकपुरधाममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनले समग्र प्रणालीलाई नै संकटमा पार्ने काम गरिरहेको आरोप लगाए। उनले मंसिर ४ गते देशले ज्यादै महत्वपूर्ण निर्णय गरिरहेको बताउँदै यस निर्वाचनले देशको भाग्य र भविष्य कोर्ने दाबीसमेत गरे।

उनले भने, ‘आगामी मंसिर ४ मा हुने निर्वाचनले देश कता जाने भन्ने सम्बन्धमा जनताले महत्वपूर्ण निर्णय लिनेछन्।’पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सबैले मिलेर सबैका लागि समृद्ध नेपाल र सुखी नेपाली बनाउने अठोटका साथ आगामी निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बनाउन उनले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

Array