फरार अभियुक्त २९ महिनापछि पक्राउ

माण्डवी न्युज
माण्डवी न्युज २७ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

दाङ – रोल्पामा एक जना फरार अभियुक्त २९ महिनापछि पक्राउ परेका छन । यसरी पक्राउ पर्नेमा रोल्पा थवाङ गाउँपालिका वडा नंं. २ थवाङ घर भइ घोराही उपमहानगरपालिका १४ दाङ वस्ने किशोर वुढामगर रहेको प्रहरीले जनाएको छ ।

लागु औषध चरेश मुद्दामा वुढामगरलाई रोल्पा जिल्ला अदालतको २०७६ चैत्र २९ गतेको फैसलाले दोषी ठहर गरेको थियो । अदालतले अभियुक्त वुढामगरलाई १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना ठहर गर्दै फैसला गरेको थियो ।

अदालतको फैसलासँगै फरार रहेका उनलाई सोमवार पक्राउ गरि फैसला कार्यान्वयनका लागी रोल्पा जिल्ला अदातलमा पेश गरिएको थियो ।अदालतको आदेशमा अभियुक्त वुढामगरलाई हाल कारागार कार्यालय रोल्पाको थुनामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array