नक्कली पेस्तोल देखाई लुटपाट गरेको आरोपमा दुई जना पक्राउ

माण्डवी न्युज
माण्डवी न्युज २७ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – प्रहरीले नक्कली पेस्तोल देखाई लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-६ घर भई हाल काठमाडौंको हाडीगाउँ बस्‍ने ४९ वर्षीय बाल सुन्दर सापकोटा र २० वर्षीय अर्जुन कार्की छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हाँडी गाउँबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट मोबाइल, २ वटा नक्कली पेस्तोल, स्मार्ट घडी र केही नगद बरामद गरेको छ ।

उनीहरुले हामी प्रहरी हौ भन्‍दै पेस्तोल देखाइ लुटपाट गरेको प्रहरीको दाबी छ । पक्राउ परेका उनीहरुमाथि डाँका कसूरमा आवश्‍यक कारबाहीको लागि प्रहरी वृत बानेश्वरमा पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array