सुनका गहनासहित नगद चोरी गरेको आरोपमा तुलसीपुरका युवक पक्राउ

माण्डवी न्युज
माण्डवी न्युज २८ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

दाङ – सल्यानमा सुनका गरगहनसहित नगद रकम चोरी गरेको आरोपमा तुलसीपुरका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौर निवासी २१ वर्षीय दीपेश डाँगी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

डाँगीले सोमबार दिउसो करिब ३ बजेतिर शारदा नगरपालिका वडा न.३ थापागाँउ निवासी धनमाया श्रेष्ठको घरबाट सुनको गरगहना र नगद रकम चोरि गरेर भागेको भनी प्रहरीलाई खवर गरेका थिए ।

सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलि डाँगीलाई सोमबार बेलुका ५ बजे श्रीनगरबाट सुनको तीलहरी र नगद २६७० रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array